JanataToday.com

Advertisment

SKIP THIS

नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन- नारायणगढ(मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान ५ः४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै बिहान ११ः०० बजेदेखि सवारी आवागमन सुरु भएको उनले जानकारी दिए ।

भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुंगामा एकतर्फी सडक खुलेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम सुरु भएको छ । सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो । पाँच वर्षयताको सबैभन्दा बढी पहिरो खसेको कार्यालयले जनाएको छ । मंगलबार दिनभर १६ उपकरण प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij