बुटवल-प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट प्रदेशका ६ स्थानीय तहलाई शब बाहन खरिदका लागि ९० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशका ६ स्थानीय तहलाई शब बाहन दरिद गर्न कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट प्रति स्थानीय तह १५ लाख रुपैंयाका दरले ९० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्न कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको छ ।
रामग्राम नगरपालिका,सन्धिखर्क नगरपालिका, प्यूठान नगरपालिका,गुलरिया नगरपालिका,सिस्ने गाउँपालिका र रोल्पा नगरपालिकालाई शब बाहन खरिदका रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
रुपन्देहीको भैरहवा स्थित भीम अस्पताल, पाल्पा, कपिलवस्तु,अर्घाखाँची,रुकुमपूर्व र रोल्पा जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्न कर्मचारी दरबन्दी स्वीकृत गरिएको हो ।
तीमध्ये भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र पाल्पा, अर्घाखाँची,रुकुमपूर्व र रोल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रेस सल्लाहकार सेर बहादुर केसीले जानकारी दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी समेत मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।
बैठकले रेसुङगा नगरपालिका,गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश गर्नुका साथै त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गरेको छ ।
त्यसैगरी प्रदेश मन्त्रीपरिषदले असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गरेको छ ।
पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने जनाइएको छ ।
आजकै बैठकले नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारांै तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय समेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्