गुल्मी- गुल्मीमा पहिरोमा पुरिएर बाटो हिँडिरहेका एक नाबालकसहित दुई जना बेपत्ता छन् ।
इश्मा गाउँपालिका– २ स्थित सडकमा हिँड्दै गरेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ । सडकबाट खसेको पहिरोले उनीहरुलाई सोमबारराति ८ः३० बजेतिर बेपत्ता बनाएको हो ।
सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिए । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्