स्याङजामापहिरोले नौजना घरभित्रै पुरिए, दुईको मृत्यु, पाल्पामा छ बेपत्ता

स्याङजामापहिरोले नौजना घरभित्रै पुरिए, दुईको मृत्यु, पाल्पामा छ बेपत्ता


पहिरोका कारण बिहीबार बिहान स्याङजामा नौजना घरभित्रै पुरिएका छन् । दुईजनाको मृत्यु भएको छ ।

पहिरोमा परेर मृत्यु भएको अवस्थामा वालिङ नगरपालिकाकी एक महिला र कालीगण्डकी-४ का १८ वर्षे कृष्ण दमाईको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्याङजाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार वालिङ नगरपालिका-१४ स्थित माया परियारको घर पुरिँदा घरभित्र नौजना पुरिएक छन् । एकजनाको जीवितै उद्दार गरिएको छ। १० जनाको परिवारमा नौजना पहिरोभित्र पुरिएका छन् । बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीयले बताए ।

घर माथिबाट पहिरो झरिरहेकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयबासी मिलेर उद्दार गर्ने काम भइरहेको छ ।

यसैबीच तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका-४ बिर्घास्थित गौतमटोलमा एक जनाको ज्यान गएको छ। पहिरोमा परी बाबुराम दमाइका अन्दाजी १८ वर्षीय छोरा विष्णु परियार रहेको स्थानीय चक्र पाण्डेले बताए।

घरमा सुतिरहेको अवस्थामा बिहीबार बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उता अविरल वर्षापछि बिहीबार बिहान खसेको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा गर्भवतीसहित छ जनालाई बेपत्ता बनाएको छ ।

पहिरोले घर पुरिँदा छजना बेपत्ता भएका हुन् । उनीहरुको खोजी भइरहे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँचजना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले बताए । उनका अनुसार मनबहादुर गाहाको परिवारका तीनजना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् ।

हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँचजना सम्पर्कविहीन भएका छन् । अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एकजना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्दारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

प्रहरीले घटनाको थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij