तिनाउ नदीमा आएको बाढीले बुटवलको रानीगञ्जमा २ घर बगायो

तिनाउ नदीमा आएको बाढीले बुटवलको रानीगञ्जमा २ घर बगायो

बुटवल-निरन्तरको अबिरल बर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगंज बस्तिमा दुई घर बगाएको छ ।

तिनाउ नदीमा आएको बाढीले बिहिबार दिउसो स्थानीय प्रेम कुमारी खाँम्चा र मंगली नेपाललीको टिनले छाएको ब्लकको घर बगाएको बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष सन्त बहादुर रानाले जानकारी दिनुभयो ।बाढिले मानविय क्षति भने भएको छैन ।

सोहि स्थानकै अन्य १५  घर जोखिममा रहेका छन । सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा ३ हजार बढी घर धुरी रहेका छन ।

तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij