बुटवल-निरन्तरको वर्षासँगै नजिकैको खोलामा आएको बाढीले बगाउने त्रासले बुटवलको रानीगञ्ज क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । किनारमा बसोबास गर्ने परिवार रातभर सुत्दैनन् । स्थानीय आस्मा माझी भन्छीन्, ‘बर्सेनि बाढीले सताउँछ, कुन दिन बगाउने हो टुंगो छैन । डरले रातभर सुतेका छैनौ निदाउँदा बिहान देख्न नपाइने पो हो कि भन्ने डर लाग्छ , चुनावको बेला बाँध लगाइदिन्छु भन्ने नेताहरू फर्केर आउदैनन,उनले बस्ती संरक्षणका लागि खोलामा तटबन्द लगाउन कसैले सहयोग नगरेको आरोप लगाइन। बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा पर्ने उक्त किनारा बस्तीका बासिन्दा आकाशमा कालो बादल देख्नासाथ डराउने गर्छन् ।बर्सेनि बस्तिलाई बाढीले दुःख दिने गरेको छ । सरस्वती गैरेको पिडा पनि उस्तै छ, हामि जस्तो गरीबले महंगो किन्न सकिएन सस्तो पाइयो भनेर जिवन भरको कमाइ लगानी गरेको अहिले यसरी छोड्न पर्यो यो घर बाहेक केही छैन आँशु झार्दै भन्छिन । तिनाउको बाढि रोकथाम गर्न नसक्दा बस्ती थप जोखिममा परी त्यस क्षेत्रमा बसोबास गर्ने परिवार विस्थापित बन्नु परेको स्थानिय सपना मगरले बताइन ।अविरल वर्षाको कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका १७ रानीगन्जमा अवस्थित शिवनगर बस्तीमा प्रेम कुमारी खाम्चा र मंगलि नेपालीको घर बगाएको छ ,जसले गर्दा १५ घर विस्तापित भएका छ्न । उक्त क्षेत्रको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी,वडा नम्बर १७का अध्यक्ष सन्त बहादुर राना लगायतको टोलिले अवलोकन गरेको छ । यस बिस्तापितलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफलभइरहेको वडा अध्यक्ष सन्त बहादुर रानाले बताए । आज तिनाउ नदीले बिहानै देखि सतर्कताको तह पार गरेको थियो ५,२सतर्कताको तह दिउँसो २ बजे पानीको तह ५,७५ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीको कारण त्रसित शिवनगर बासी एकतिर बर्षौको पुँजी जाँदै गरेको देख्दा दुःखित छ्न भने अर्को तिर कहाँ बस्ने के गर्ने भन्ने अन्योलमा परेका छ्न ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्