दाउन्नेमा पहिरोले बस पुरिंदा एकको मृत्यु, १७ घाइते

दाउन्नेमा पहिरोले बस पुरिंदा एकको मृत्यु, १७ घाइते

नवलपरासी -पूर्वी नवलपरासीको बुटवल- नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा खसेको पहिरोमा बस पुरिंदा बसमा सवार एक जनाको मृत्यु भएको छ । पहिरामा परी १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार साँझ विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त बस पुरिंदा बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये पश्चिम रुकुमको आठविसकोट गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द केसीको बिहीबार राति ९ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
प्रहरीका अनुसार दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ । पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ वर्षीया प्रतिभा खड्का, सोही स्थानका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपालिका ७ निवासी ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० वर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ वर्षीया शिवा पुन गम्भीर घाइते भएकाे प्रहरीकाे भनाइ छ । उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ

प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij