प्रदेश ५ को राजधानी दाङको देउखुरी, नाम लुम्बिनी राख्‍न प्रस्ताव

प्रदेश ५ को राजधानी दाङको देउखुरी, नाम लुम्बिनी राख्‍न प्रस्ताव

बुटवल- प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरिएको छ।प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उक्त प्रस्ताव प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको अन्तिम टुंगो लाग्नेछ ।  मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्‍ने प्रस्ताव प्रदेशसभामा गरेका हुन्। प्रदेश ५ मा प्रदेशको राजधानी रुपन्देही बनाउने कि दाङलाई बनाउने भन्‍ने विषयमा विवाद हुँदै आएको थियो। प्रदेशसभाको आगामी बैठक असोज १९ गते सोमबार मध्यान्ह १२ बजे बोलाइएको छ।  प्रदेश सभाले स्थायी राजधानी र नामको बारेमा निर्णय गर्नका लागि कार्यदल गठन गरेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको देउखुरीमा राजधानी राख्‍ने सहमति भएपछि प्रदेश सरकारले प्रस्ताव अघि बढाउन लागेको हो ।

प्रकाशित मिति : शुक्रबार, असोज १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij