प्रदेश ५को राजधानी दाङ सार्ने प्रस्ताव बिरुद्ध काँग्रेसले जिल्ला बन्द देखि संसद भवन घेराउ सम्मका कार्यक्रम गर्ने

प्रदेश ५को राजधानी दाङ सार्ने प्रस्ताव बिरुद्ध काँग्रेसले जिल्ला बन्द देखि संसद भवन घेराउ सम्मका कार्यक्रम गर्ने

 

बुटवल-प्रदेश नं. ५ को राजधानी दाङ सार्ने प्रस्तावको बिरोधमा नेपाली काँग्रेस रुपन्देहीले अन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले रुपन्देही बन्द, संसद भवन घेराउ,धर्ना, मसाल जुलुस लगायतका बिरोध कार्यक्रम निर्णय गरेको हो ।
काँग्रेसले भोली (आइतबार) रुपन्देही जिल्ला बन्द गरी बृहत प्रदर्शन गर्ने भएको छ । १९ गते बुटवल जाँउ राजधानी जोगाँउ भन्ने नारा सहित प्रदेश सभा भवन घेराउ गरीने काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले बताउनु भयो । १९ गते सांसदहरुलाइ संसद भवन प्रवेसै गर्न नदिने गरी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना र घेराउको कार्यक्रम गरीने सभापती रज्जाकले बताउनु भयो ।
राजधानी दाङ सार्ने निर्णयका बिरुद्ध आज जिल्लाका सबै स्थानीय तहका वडा वडामा राके जुलुस प्रदर्शन गर्ने तयारी भइरहेको सचिव रामकृष्ण खाँणले बताउनु भयो । बुटवलको राजमार्ग चौराह देखि महेन्द्र पार्क सम्मै राके जुलुस निकाल्नुका साथै बुटवल नगरका सबै वडा चोक चौराहमा प्रदर्शन गर्दैछ ।
देवदहको भलुही,खरेनी,तिलोत्तमाका मणिग्राम,भलवारी, भैरहवाको देवकोटा चोक,सैनामैना, रोहीणीको धकधही,मायादेविको बनगाइ चोक,लुम्बिनीको पर्साचोक, मर्चवारको मझगावा लगायतका स्थानमा मसाल जुलुस प्रदर्शन गर्ने तयारी काँग्रेसले गरेको छ ।
सरकारले प्रदेश नं. ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्ताव शुक्रबार प्रदेश सभामा दर्ता गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केशीले सरकारका तर्फबाट प्रदेश सभाको राजधानी दाङको राप्ती उपत्यकाको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका हुन । तर नेपाली काँग्रेस रुपन्देहीले भने सुरु देखि नै जनसंख्या, पुर्वाधार लगायतका हरेक दृष्टिकोणले रुपन्देही नै स्थायी राजधानीकालागि उपयुक्त भएको भन्दै बुटवलबाट राजधानी सार्न नदिने अडानमा छ । नामको सम्बन्धमा भने कुनै बिबाद छैन ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij