प्रदेश ५ राजधानी विवाद : रोष्टमबाट मन्त्रीले भने-‘घिसारेर निकालिहाल्’

प्रदेश ५ राजधानी विवाद : रोष्टमबाट मन्त्रीले भने-‘घिसारेर निकालिहाल्’

बुटवल-प्रदेश सरकारले प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सार्ने प्रस्ताव प्रदेशसभामा पेस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडक र सदन संघर्ष गरिरहेको छ ।

सोमबार प्रदेशसभा बैठकमा प्रदेश सरकारको प्रस्तावविरुद्ध नेपाली कांग्रेसले तोडफोडसहित प्रदेशसभामा नाराबाजी गरेको थियो ।

नाराबाजीका बीच प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी सम्बोधनका लागि पोडियममा पुगे । नाराबाजी नरोकिएपछि उनले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् ।

नेपाली कांग्रेसले विरोध तोडफोडकै बीच चलिरहेको बैठकमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले विरोध गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका हुन् ।

आफूअघि उभिएका मर्यादापालकलाई हातले कोट्याउँदै उनले भने, ‘घिसारेर निकालिहाल् ।’

प्रकाशित मिति : सोमबार, असोज १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij