बुटवल-प्रदेश ५ को स्थायी राजधानी तथा नामाकरण सम्बन्धि प्रस्ताव काे बिराेधमा राष्ट्रिय जनमुक्ति पार्टीले आज बुटवलमा प्रदर्शन गरेको छ ।
राय्ट्रिय जनमुक्ति पार्टी प्रदेश ५ (लुथम)द्वारा आज बुटवलमा बिराेध सभा गरेको हो ।
बिरोध तथा खबरदारी सभालाई सम्बाेधन गर्दै पार्टी का केन्द्रिय उपाध्यक्ष दल बहादुर बिरकट्टा मगर ले प्रदेश ५ को भौगोलिक सीमांकन अहिलेकै स्वरुपमा कायम रहने अवस्थामा यस प्रदेशको नाम ‘लुम्बिनी थरुहट मगरात’ नै हुनुपर्नेे माग गरे ।
उनलेे प्रदेशको नामाकरण र राजधानीको विषयमा सत्तारूढ पार्टी (नेनेकपा को शीर्ष नेतृत्व द्वारा प्रदेश सरकार र प्रदेश सभाकाे अधिकार कुण्ठित गरि केन्द्रबाट निर्णय गराएर प्रदेशमा लाद्ने प्रयास गरेको भन्दै आपत्ति जनाए ।
केन्द्रमा पार्टीका दुई अध्यक्षहरूबीच सहमति गरि केन्द्रकाे निर्णय प्रदेशमा कार्यान्वयन गर्न सांसदहरूलाई व्हिप जारी गर्नु संबिधान र संघीयताको मर्म माथि गम्भीर प्रहार भएको भन्दै उपाध्यक्ष बिरकट्टाले संघीयताको मर्म र भावना बिपरितकाे कार्य बन्द गर्न आग्रह गरे ।
बिरोध तथा खबरदारी सभालाई मगर महासंघ, नेपालका अध्यक्ष छत्र दर्लामी, नेपाल मगर संघ प्रदेश ५ उपाध्यक्ष धनी आले मगर, राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला अध्यक्ष प्रेम थापा, जनमुक्ति युवा महासंघ प्रदेश अध्यक्ष डिबि थापा, जनमुक्ति पार्टी बुटवल नगरसमिति अध्यक्ष थर्क बाररघरे, राष्ट्रिय थारु मंचका संयोजक रेखाप्रसाद चैधरीले सम्बाेधन गर्दै पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न माग गरे ।
उनिहरूले प्रदेशको नाम पहिचानको आधारमा राष्ट्रिय जनमुक्ति पार्टीले प्रस्ताव गरेको (लुम्बिनी-थरुहट-मगरात) राख्नुपर्नेमा जाेड दिए ।
पार्टीका प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्ग को सभापतित्वमा सम्पन्न कार्यक्रमकाे संचालन प्रदेश सहसचिब चित्र प्रसाद गुरुङ्गले गरेका थिए ।
प्रकाशित मिति : सोमबार, असोज १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्