सुरु भयो प्रदेश ५ को प्रदेशसभा, राजधानी र नामबारे मतदान हुने

सुरु भयो प्रदेश ५ को प्रदेशसभा, राजधानी र नामबारे मतदान हुने

प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ । आज (सोमबार) १२ बजे सुरु हुने भनिएको बैठक दलहरुको तलफलका कारण ढिलो सुरु भएको हो ।

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा प्रदेशसभामा मतदान पनि आजै हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सकिएपछि आज मतदान हुने भएको हो ।

कांग्रेसले प्रस्तावकाे विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे छ भने नेकपाले पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेकाे छ । यस्तै प्रदेश सरकारको साे प्रस्तावमा नेपाली काँग्रेस सांसद रमा अर्याल, पुष्पा थरुनी र जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सहषराम यादवले प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij