स्थायी राजधानी रुपन्देहीको बिपक्षमा हुनेगरी मतदान गर्ने सांसदहरुप्रति सञ्जालद्वारा खेद व्यक्त

स्थायी राजधानी रुपन्देहीको बिपक्षमा हुनेगरी मतदान गर्ने सांसदहरुप्रति सञ्जालद्वारा खेद व्यक्त

बुटवल– व्यबसायिक संघ संस्थाहरुको संस्था (सञ्जाल) रुपन्देहीले प्रदेशको राजधानी दाङ् बनाउने निर्णयमा बिमत्ति कायम राख्दै राजधानी बुटवलको विपक्षमा हुनेगरी प्रस्तावको पक्षमा मतदान गर्ने यस क्षेत्रका सांसदहरुप्रति खेद व्यक्त गरेको छ ।
प्रदेश पाँच सरकारले दाङ् राजधानी बनाउने गरि गरेको प्रस्ताव र यस क्षेत्रका सांसदहरुले समेत चुनावमा जनतासंग गरेको बाचा भूलेर प्रस्तावकै पक्षमा मतदान गरेकाले उद्योगी व्यबसायीको मन कुड्याउनुका साथै दुखाएको सञ्जालले जनाएको छ ।
सञ्जाल रुपन्देहीले बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै सरकारले ल्याएको उक्त प्रस्ताव बिरुद्धको आन्दोलनमा साथ सहयोग गर्ने उद्योगी व्यबसायी, राजनीतिक दल, सर्वसाधारण तथा उक्त प्रस्तावको विपक्षमा मतदान गर्ने तथा नोभोट गर्ने सांसदहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
प्रदेशको राजधानी दाङमा राख्नेगरी सरकारले प्रदेश सभामा प्रस्ताव पेश गरेपछि सञ्जाल रुपन्देहीले त्यसको बिरुद्ध संघर्ष गर्नको लागि संयुक्त संघर्ष समिति गठन गरेको थियो भने यहि असोज १६ देखि २० गतेसम्म संघर्षका कार्यक्रम समेत सञ्चालन गरेको थियो ।
संयुक्त संघष समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल र सहसंयोजक रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीद्वारा संयुक्त रुपमा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ–‘राजनैतिक र प्रशासनिक राजधानी सारेर संविधान र कानुनले नचिनेका बिभिन्न बिधाका राजधानी प्रति कुनै मोह र बिश्वास छैन ।’
प्रदेश सभाको मंगलबारको बैठकमा बिशेष समय लिएर बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले बुटवललाई आर्थिक तथा पर्यटनको राजधानी बनाउने बताउनु भएको थियो ।

प्रकाशित मिति : बुधबार, असोज २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij