पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध

पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध

एजेन्सी ।

सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो ।

अनैतिक सामग्रीु भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनु पर्ने बाध्यता सिर्जना भएको अधिकारीहरूको भनाइ छ ।

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उल्लंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनु परेका उनीहरूले बताएका छन् । पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्वारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरू परेको उल्लेख गरिएको छ ।

मुस्लिम संस्कार अनुसार महिलाले बुर्का लगाउनु पर्ने, शारीरिक अंगहरू प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भए पनि टिकटक प्रयोगकर्ताले त्यसलाई उल्लंघन गरेको उजरीकर्ताको दाबी छ ।

प्रकाशित मिति : शनिबार, असोज २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij