बुटवलको कोरोना अस्पतालमा सोमवार बिहान एक संक्रमितको मृत्यु

बुटवलको कोरोना अस्पतालमा सोमवार बिहान एक संक्रमितको मृत्यु

बुटवल -बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । असोज २० गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर जांच गराउंदा पोजेटिभ आएका देवदह १० का ७९ वर्षीय पुरुषको सोमवार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । उनलाई आइतवार थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । मृतकमा दम, मधुमेह र उच्चरक्तचापको समस्या थियो । आज थपिएसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : सोमबार, असोज २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij