ओलीलाई दाहालको आग्रह–‘कर्णालीको विवाद तपाईँ मिलाउनुस्’

ओलीलाई दाहालको आग्रह–‘कर्णालीको विवाद तपाईँ मिलाउनुस्’

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सोमबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटमा कर्णालीमा भएको कुरा राम्रो नभएको बताउँदै दाहालले ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

दाहाल सचिवालय स्रोतले भन्यो–‘प्रधानमन्त्रीले नै मिलाएर लैजानुपर्छ भन्ने कुरा भएको छ ।’ यस्तै स्रोतका अनुसार एकताको बाँकी काम नै नसकी पार्टीभित्र देखिएको यस्ता गतिविधि दुःखद् भएकोसमेत बताएका थिए ।

शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसद यमलाल कँडेल प्रधानमन्त्री ओली निकटका हुन् । उनी शुरुदेखि नै मुख्यमन्त्रीको दावेदार थिए । माथिल्लो तहबाटै शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय आएपछि रुष्ट बनेका कंडेल अविश्वास प्रस्तावमा मुख्य भूमिका खेलेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार (हिजो) नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाही दाहालनिकट हुन् ।

पूर्व एमालेका १५ र पूर्व माओवादीतर्फका ३ सांसदहरुले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उक्त अविश्वासको प्रस्तावमाथि छलफल गर्न कर्णाली प्रदेशको नेकपा संसदीय दलको बैठक मंगलबार बस्दैछ ।

प्रकाशित मिति : सोमबार, असोज २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij