चितवन – चितवनमा बिहीबार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५४ जना चितवन जिल्लाका हुन् ।
भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा एक जना वडा अध्यक्ष समेत रहेका छन् । राप्ती ९ का वडा अध्यक्ष देबेन लामामा संक्रमण पुष्टि भएको हो ।
उनले सामाजिक सञ्जाल मार्फत् रिपोर्ट पोजेटिभ आएको भन्दै पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकाहरुलाइ सुरक्षित बस्न आग्रह गरेका छन् । आफुमा कोरोनासँग मिल्ने कुनै लक्षण नरहेको र स्वास्थ्य सामान्य रहेको बताएका छन् ।
बिहीबार बिहान सार्बजनिक विवरण अनुसार भरतपुर महानगरपालिकाका ३० जना,राप्तिका ७ जना, खैरहनिका ५ जना,रत्ननगरका ५ जना, कालिकाका ३ जना, माडि र इच्छाकामनाका २/२ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
चितवनका ३ बर्ष देखि ८७ बर्ष उमेर समूह सम्मलाई संक्रमण देखिएको छ । चितवन बाहेक काठमाडौंका २, नवलपरासीका १, तनहुँ र सर्लाहीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ । २८१ वटा नमुना परिक्षण गर्दा २२२ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्