भारतलाई पहिलो ओस्कार दिलाउने भानूले निदाइरहेकै अवस्थामा त्यागिन् प्राण

भारतलाई पहिलो ओस्कार दिलाउने भानूले निदाइरहेकै अवस्थामा त्यागिन् प्राण

काठमाडौं – भारतलाई पहिलो ओस्कार अवार्ड दिलाउने भानू अथैयाको निधन भएको छ ।

भारतकी पहिलो ओस्कार विजेता र सिनेमा जगतकी प्रसिद्ध पोशाक डिजाइनर भानुको ९१ वर्षको उमेरमा निधन भएको हो ।

उनी ब्रेन ट्युमरका कारण गएकाे तीन वर्षदेखि थला परेकी थिइन् । उनकाे बिहीबार बिहान निदाइ रहेकै अवस्थामा मृत्यु भएकाे हाे । भानूकाे १९८२ मा रिलिज भएकाे फिल्म गान्धीमा पाेशाक डिजाइनर गरेकी थिइन् । उक्त फिल्मका लागि उनले अस्कर अवार्ड पाएकी थिइन्। फिल्मलाई ब्रिटिस निर्देशक रिचर्ड अटेनबोरोले निर्देशन गरेका थिए।

भानूले आमिर खानको ‘लगान’ र शाहरुख खानको ‘स्वदेश’ फिल्मका लागि अन्तिम पटक कस्ट्यूम डिजाइन गरेकी थिइन् ।

प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij