काठमाडौं -चिनियाँ सरकारी अधिकारीहरुले हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै हालै बनेका भवनहरु चिनियाँ भूमिमै रहेको दावी गरेका छन् । उक्त भवनहरु बनेको गाउँको नाम चीनको अलिको बुराङ भएको उनीहरुको दावी छ ।
चिनियाँ सरकारको मुखपत्र ‘दि ग्लोबल टाइम्स‘सँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरु निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरुले सो भवन निर्माण चिनियाँ भूभागभित्र नै बनोस् भनी विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् । “सो भवनहरु पूर्ण रुपमा चीनको भूभागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।” उनले भनेका छन् ।
नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक अनुगमन र मापनको काम गरेका थिए । सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको हो ।
यस्तै उनीहरुले पिल्लर नं. ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुनेसमेत उल्लेख गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली सीमा मिचिएकै भनी भनिरहेको छ । कांग्रेस नेता जीवनबहादुर शाहीको टोली सीमा क्षेत्रको अनुगमनमा गएको थियो । उक्त टोलीले चीनले नेपाली सीमा मिचेको प्रतिवेदनसमेत तयार पारेको छ । यता सरकारले भने चीनले सीमा नमिचेको दावी गर्दै आएको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्