काठमाडाैं- भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
तीन दिने भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्रीसँग भेटेका हुन् । प्रधानमन्त्रीसँगको भेट अर्थपूर्ण हुने बताइएको छ ।
सेनाध्यक्ष नरवणे बुधबार नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आइपुगेका हुन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन् । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्