कोरोना संक्रमणबाट बाँकेमा ज्यान गुमाउने ६३ पुगे

कोरोना संक्रमणबाट बाँकेमा ज्यान गुमाउने ६३ पुगे

बाँके– बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ ।

जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका संक्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको संख्या बढ्दो रहेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ निवासी ५९ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै बिहान ५ः२५ बजे मृत्यु भएको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिए ।

ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि कात्तिक २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको भेरी अस्पतालको कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij