माेटरसाइकल दुर्घटनामा दाजुभाइकाे ज्यान गयाे

माेटरसाइकल दुर्घटनामा दाजुभाइकाे ज्यान गयाे

  1. बाँके – बाँकेकाे राप्ती साेनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइकाे ज्यान गएकाे छ । दुर्घटनामा बर्दियाकाे ठाकुरबाबा नगरपालिका ३ काे नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय सौरभ थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको मुगुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेकाे ना ५५ प ९७५६ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दाजुभाइलाई उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा ज्यान गएको हो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij