हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागीः ७ जनाको मृत्यु, १८ घाइते

हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागीः ७ जनाको मृत्यु, १८ घाइते

काठमाडौं – हङकङको एक रेस्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । आइतबार राति भएको आगलागीमा परी मृत्यु हुने अधिकांश नेपाली रहेको बताइएको छ ।

साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेअनुसार ४ पुरुष र ३ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन् । घाइते १८ मध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् भने गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको उपचार भइरहेको छ ।

अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अनुमान छ ।

हङकङमा सन् २०११ मा आगलागीमा परी ११ जना मानिसको ज्यान गएको थियो । त्यस यताको यो नै सबैभन्दा ठूलो आगलागी भएको जनाइएको छ । हङकङ सरकारले आगलागीको कारण पत्ता लगाउन छानविन गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij