विश्वमा छ करोड २५ लाख बढीलाई संक्रमण

विश्वमा छ करोड २५ लाख बढीलाई संक्रमण

विश्वमा हालसम्म छ करोड २५ लाख बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

विश्वमा केही दिनयता दैनिक पाँच लाख बढीलाई कोरोना पुष्टि भइरहेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख ६५ हजार ५९ जना नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमण पुष्टि भएको संख्या छ करोड २५ लाख ४५ हजार सात सय ३९ पुगेको छ ।

कोरोनाका कारण विश्वमा १४ लाख ५७ हजार तीन सय ८३ जनाको मृत्यु भइसकेको छ । एकै दिन नौ हजार ७६ जनाको ज्यान गयो ।

संक्रमितमध्ये चार करोड ३१ लाख ७१ हजार एक सय १७ जना उपचारपछि घर फर्किएका छन् । एक करोड ७९ लाख १७ हजार दुई सय ३९ जना उपचाररत रहेकोमा एक लाख पाँच हजार दुई सय ४६ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म एक करोड ३६ लाख पाँच हजार ७६ जनालाई संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा एक सातायता दैनिक एक लाख बढी संक्रमित थपिने गरेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार ९५ जना नयाँ संक्रमित थपिए ।

कोरोनाका कारण अमेरिकामा हालसम्म दुई लाख ७२ हजार दुई सय ४७ जनाको मृत्यु भइसकेको छ । एकै दिन एक हजार दुई सय नौ जनाको ज्यान गयो ।

संक्रमितमध्ये ८० लाख ४० हजार दुई सय ५३ जना उपचारपछि घर फर्किएका छन् । ५२ लाख ९२ हजार पाँच सय ७६ जना उपचाररत रहेकोमा २४ हजार छ सय ५६ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा हालसम्म ९३ लाख ९० हजार सात सय ९१ जनाका कोरोना भाइरस संक्रमित पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ३९ हजार पाँच सय ६७ जना नयाँ बिरामी थपिए ।

हालसम्म कोरोनाका कारण एक लाख ३६ हजार सात सय पाँच जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन चार सय ६७ जनाको मृत्यु भयो ।

संक्रमितमध्ये ८७ लाख ९९ हजार दुई सय ४९ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ५४ हजार आठ सय ३७ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा हालसम्म ६२ लाख ९० हजार दुई सय ७२ जनाका कोरोना पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ५१ हजार नौ सय २२ जना नयाँ संक्रमित थपिए ।

कोरोनाका कारण ब्राजिलमा एक लाख ७२ हजार पाँच सय ६१ जनाको मृत्यु भइसकेको छ । पाँच सय ६३ जनाको एकै दिन मृत्यु भयो ।

संक्रमितमध्ये ५५ लाख ६२ हजार पाँच सय ३९ जना उपचारपछि घर फर्किएका छन् । पाँच लाख ५५ हजार एक सय ७२ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij