तनहुँको घटनाप्रति रुपन्देही कांग्रेसको आपत्ती

तनहुँको घटनाप्रति रुपन्देही कांग्रेसको आपत्ती

 

बुटवल -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिइएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीले गभिर अापत्ती जनउदै धोर भ्रत्सना गरेको छ । जिल्ला सभापती तथा पुर्वमन्त्री अब्दुल रज्जाकले एक विज्ञप्ती जारी गर्दै कम्युनिष्ट सर्वसत्तावादको झल्लो दिने गरि भएको घटनाले गंभिर बनाएको बताउनु भयो । लोकतान्त्रिक मूल्यमान्यतामै प्रश्न उठ्ने गरि भएको यस्तो कार्यको जति निन्दा गरेपनि कम हुने उहाको भनाई छ। कांग्रेस वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम विथोल्ने गरि निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग भएको भन्दै कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममै जान रोक लगाउनुले सरकारको तानाशाही प्रवृत्ति प्रष्ट भएको विज्ञप्तीमा उल्लेख छ । लोकतन्त्रका लागि अनवरत लडेको नेपाली कांग्रेसले यस्ता गलत कार्यबाट विचलित नहुने र यस्ता अतिवादी कार्यको डटेर सामना गर्ने रज्जाकले बताउनु भएको छ । कांग्रेसका नेता, कार्यकर्तामाथि सत्ताको चरम दुरुपयोग गर्दै कसैले दमनको सपना देखेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ विज्ञप्तीमा उल्लेख छ । कांग्रेसको धैर्यतालाई कसैले कमजोरी नठानोस् भन्दै कांग्रेस रुपन्देहीले पार्टिका वरिष्ठ नेतामाथि भएको दुव्र्यवहारले हरेक काग्रेस कार्यकर्तालाई दुखी बनाएको भन्दै यो घटनामा सरकारले माफी माग्नु पर्ने माग गरेको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij