काठमाण्डाै – अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगानी सेनाले गरेको हवाई कारबाहीमा परि यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् ।
ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । यस प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरु मारिएका बताइएको छ ।
त्यस क्षेत्रका केही समययतादेखि उनीहरुले आतंककारी क्रियाकलाप गरेका थिए । पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानीबीच कतारमा वार्ता सुरु भएको भनिएको भए पनि हिंसा भने रोकिएको छैन ।
तालिबानीहरुले वार्ताका क्रममा युद्धविराम गरेको भने पनि उनीहरुले हिंसात्मक आक्रमण गर्न भने रोकेका छैनन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्