काठमाडाैं – माेरङमा पीडितलाई पाँच लाख दिएर जबरजस्ती करणी मुद्दा मिलाएको आरोपमा ६ जना पक्राउ परेका छन् ।
गएकाे भदौ २४ गते मोरङ धनपालथान गाउँपालिका-५ स्थित खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ का ३२ वर्षीय सुरेश खवासले २१ वर्षीय युवतीलाई बलात्कार गरेका थिए ।
बलात्कारपछि उनीविरूद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी परेकाे थियाे । जाहेरीपछि फरार भएका खवासलाई इलाका प्रहरी कार्यालय रंगेलीले मंसिर १९ गते रंगेली नगरपालिका वडा नं. ७ बाट पक्राउ गरेकाे थियाे । अनुसन्धानका क्रममा उनी फरार रहेकै अवस्थामा आफन्त र गाउँलेहरुले पीडितसँग मिलापत्र गराएकाे खुलेकाे हाे ।
साेही घटनाकाे मिलापत्र आरोपमा मोरङ धनपालथान गाउँपालिका-५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ का जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नं. ८ का ५३ को मथालु खवासलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएकाे हाे । उनीहरूकाे साथबाट मिलापत्रकाे कागज समेत बरामद भएकाे छ ।
उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्