रुपन्देही -रुपन्देही मा विभिन्न पार्टी परित्याग गरी १ सय बढी कांग्रेस मा प्रवेश गरेका छन ।
नेपाली कांग्रेस रुपन्देही का सभापति तथा पुर्व राज्य मन्त्री अब्दुल रज्जाक ले विभिन्न पार्टी परित्याग गरी कांग्रेस मा प्रवेश गरेका नवप्रवेशी लाई पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताउनु भएको छ ।
दुई तिहाइको मतलाई अपमान गर्दै सरकारले भ्रष्टचार, अनियमितता र लोकतन्त्र नै मास्न लागि परेको सभापति रज्जाक ले आरोप लगाउनु भएको छ ।
कार्यक्रममा सविधान सभा सदस्य इस्तियाक अहमद खान , नेपाली कांग्रेस का युवा नेता हरि न्यौपाने , नेपाल तरुण दलका जिल्ला सदस्य लक्ष्मण गौतम लगायतले सम्बोधन गर्दे वर्तमान केपी शर्मा ओली सरकारले जनतालाई झुटा आश्वासन बाँडेर भ्रम छरेको बताउनु भएको थियो ।
रुपन्देही को रोहिणी गाउ पालिका वडा नम्बर १ बगहा मा विभिन्न पार्टी परित्याग गरि १ सय जना नेपाली काग्रेस मा प्रवेश गरेको तरुण दल जिल्ला सदस्य लक्ष्मण गौतम ले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्