काठमाडौं – अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट पछि हटेको छ । मंगलबार सम्पन्न एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।
बैठकपछि एमसीसीले जारी गरेको विज्ञप्तिमा श्रीलंकामा एमसीसी पछि हटेको जानकारी गराइएको छ । श्रीलंकामा एमसीसीले यातायात पूर्वाधार र भूमी सुधार सम्बन्धि परियोजनाहरुमा ४८ करोड अमेरिकी डलर अनुदान दिने योजना रहेको थियो । एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने निर्णय गरेर अगाडी बढेपनि श्रीलंका सरकार असहमत भएपछि अहिले एमसीसी पछाडि हटेको छ ।
नेपालमा पनि एमसीसी बारे विवाद कायम रहेको छ । संसदबाट अनुमोदन गराउनु पर्ने भएकोले राजनीतिक दलहरु बीच र खसिगारी सत्तारुढ दल भित्र एकमत नहुदा अझै अन्योलमा रहेको छ । –एजेन्सी
प्रकाशित मिति : बिहिबार, पुष २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्