बुटवल –गत मंसिर १७ गते अज्ञात रुपमा हत्या गरिएका गैडहवा गाउपालिका वडा नं. ६,रुपन्देहीका दिनेश लोधलाइ अबैध यौन प्रकरणका कारण हत्या भएको रहस्य खुलासा भएको छ ।
२६ बर्षिय लोधलाई हत्या गरि रामापुर लुम्बिनी सडक खण्ड अन्तर्गत गुलहरिया चोक देखि करिब १ कि.मी. दक्षिण सोही सडककै किनारमा रहेको परालको टौवामा फालिएको अवस्थामा स्थानियहले फेला पारेका थिए ।
पीडित पक्षले दिएको किटानी जाहेरी तथा पोष्ट मार्टम रिपोर्ट र घटना मिति देखि अबैध यौन सम्बन्धका कारण नीजको परिवार भित्रैबाट हत्या गरिएको प्रहरीको अनुसंन्धानले देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले बताउनु भयो ।
हत्या गरिएको लोध आफनै नाता भित्रमा अबैध यौन सम्बन्धमा लागेकोले परिवारका मानिसले नियोजित रुपमा मोबाईल फोन गर्न लगाई गाँउ बाहिर बोलाएर पछाडीबाट अध्यारोमा पाईप रिन्चले कन्चटमा प्रहार गरि गम्भीर घाईते बनाई लुम्बिनी कालोनी सडक छेउमा फालेर फरार भएको पारिवारिक स्रोतले जनाएको छ ।
फरार अभियुक्तलाई आवश्यक कारर्वाहीका लागि खोजी भईरहेको र अभियुक्तको नजिक प्रहरी पुगेको प्रहरी प्रमुख पोखरेलले बताउनु भयो ।
तर यता पिडित परिवारले भने हत्याको सम्पुर्ण आधार र तथा प्रमाणहरु फेला पारे पनि अहिले सम्म हत्यारालाई पक्राउ गर्न नसकेको आरोप लगाएका छन ।
प्रकाशित मिति : मंगलबार, पुष ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्