बुटवल-लायन्स क्लव अफ बुटवल, लायनेस क्लव अफ बुटवल, लियो क्लव अफ बुटवल को आयोजनामा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ५ विष्णुपुरामा निशुल्क आखाँ शिविर सम्पन्न गरिएको छ । बुटवल आँखा अस्पतालको सहयोगमा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा १ सय ३५ जनाको निशुल्क आँखा परिक्षण गरिएको लायन्स बुटवलका अध्यक्ष सञ्जय जयसवालले बताए । उक्त कार्यक्रममा लायन्स आँखा अस्पतालका सिनियर ओए इन्दिरा लाकौलको टिमले गरेको थियो । जस मध्ये ३१ जनाको आखाँका अप्रेसनको लागि लागि सुझाव समेत दिइएको र उनीहरुको बुटवल लायन्स आखा अस्पतालमा निःशुल्क रुपमा आखाको अप्रेसन हुने कार्यक्रमका संयोजक पवन श्रेष्ठले बताए । अप्रेसनको लागि आफ्नै साधनमा घरदेखि ल्याई हस्पिटल सम्म ल्याएर उपचार गरिने उपचार पछि पनि घर सम्म लैजाने लायन्स क्लव अफ बुटवलका उपाध्यक्ष महेश प्रसाद श्रेष्ठले बताए । सुनगाभा साथी सञ्जालले व्यवस्थापनमा सम्पन्न भएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्