गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

गुल्मी-गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० प्रविणलाल श्रेष्ठले बताए ।

बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ जादै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा आज विहान साढे २ बजेतिर ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको एसपी श्रेष्ठले बताए । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, पुष १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij