कांग्रेसले आज देशभर प्रदर्शन गर्दै,सैनामैनाको सालझण्डिमा भरत कुमार शाहले सम्बोधन गर्दै

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै,सैनामैनाको सालझण्डिमा भरत कुमार शाहले सम्बोधन गर्दै

 

सैनामैना –प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर आन्दोलन गर्दै छ । पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले आज देशभरका १६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा आज भैरहवामा आयोजित विरोधसभालाई नेपाली कांग्रेसका प्रभावशाली नेता भरत कुमार शाह बाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विघटित प्रतिनिधिसभा सदस्य यबम सार्बजनिक लेखा समिति सभापति समेत रहेका नेता शाह ले नेपाली कांग्रेस क्षेत्र नं. ५ क्षेत्रिय समिति रुपन्देहीद्वारा आयोजित बिरोध सभा सैनामैना नगरपालिकाको सालझण्डि बजारमा विरोध प्रदर्शनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : सोमबार, पुष १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij