नेकपाको उद्धारका लागि नेपाल आएको चिनियाँ टोली र माधव नेपालबीच भेटवार्ता

नेकपाको उद्धारका लागि नेपाल आएको चिनियाँ टोली र माधव नेपालबीच भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीकाे टाेलीले आज (सोमबार) नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकाे छ ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष समेत रहेका नेता नेपालसँग चिनियाँ नेकपाकाे अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले बानेश्वरको एभरेष्ट होटलमा भेटवार्ता गरेकाे हाे । भेटवार्ता जारी रहेकाे छ ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ भने आज साे टाेलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकाे थियाे ।

टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई पनि भेट्ने कार्यक्रम रहेकाे छ ।

नेकपा विभाजित अवस्थामा पुगेकाे याे समयमा चिनियाँ नेकपाकाे भ्रमण अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

प्रकाशित मिति : सोमबार, पुष १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij