बुटवल – रुपन्देहीको तिलोत्तमास्थित नयाँमिलमा सवारी दुर्घटना भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहिया सडक खण्डको नयाँमिलमा भएकाे सडक दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन ,। भैरहवा बाट बुटवल तर्फ जादै गरेको ग १ ख ४८८८ नंम्वरकाे मालवाहक ट्रकले नयाँमिल चाेकमा सडक पार गर्दै गरेको लु २० प ३७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियो । ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जना गम्भीर घाइते भएकाे र उनिहरुलाई उपचारका लागि मणिग्राम स्थित क्रिमसन अस्पतालमा पठाईएकाे स्थानीयले बताएका छन् ।
प्रकाशित मिति : शुक्रबार, पुष १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्