बालविवाह विरुद्ध धर्मगुरु हरूको सामुहिक प्रतिबद्धता

बालविवाह विरुद्ध धर्मगुरु हरूको सामुहिक प्रतिबद्धता

 

कृष्णनगर- कृष्णनगर नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहने धार्मिक गुरूहरूको बालविवाह विरुद्धको अभियानमा सामुहिक प्रतिबद्धता जनाएका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिका को समन्वयमा कृष्णनगर नगरपालिकामा संचालित कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत बालविवाह निवारणमा धर्मगुरु हरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बालवालिका को उमेर समुह, बाल अधिकार , बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर छलफल गरिएको थियो । सहभागीहरू बाट बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएको हो । कार्यक्रममा कृष्णनगर नगरपालिका भित्रका मौलवी, मौलाना, ज्योतिष तथा पंडित तथा कृष्णनगर नगरपालिका महिला तथा बालवालिका विकास शाखा प्रमुख थुमा उपाध्याय लगायत २७ जनाको सहभागिता रहेको थियो । युनिसेफ नेपालका प्रकाश कैनि , सिद्धार्थ सामाजिक विकास केन्द्रका आर. टी. खान, सिद्धार्थ सामाजिक विकास केन्द्रका नारायण घिमिरे, सिद्धार्थ सामाजिक विकास केन्द्रका अमर वस्नेत लगायतले कार्यक्रममा सहजीकरण गर्नुभयो । उद्घोषकको भुमिका भने सिद्धार्थ सामाजिक विकास केन्द्रका तापस मिश्रले गर्नुभयो ।

प्रकाशित मिति : आइतबार, पुष २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij