बुटवल-रुपन्देहीको तिलोत्तमा १५ की पाँच बर्षे बालिका चार दिन देखि काठमाडौं स्थित टिचिङ अस्पतालको बेडमा छटपटाइरहेकी छन । अस्पतालमा संगै रहेकी बालिकाकी आमाका अनुसार उनको योनाङ्गमा गहिरो चोट छ । दिशा पिसावका लागि कोखाबाट पाइप लगाइएको छ । गालामा धारीलो हतियारले काटेर छालामासु निकाले जस्तो डरलाग्दो चोट छ । कलिला ओठमा टोकेर बनाइएको गहिरो घाउ छ । दाहिने आखाको परेला च्यातीने गरी चोट लागेको छ । अधिकाँस समय बेहोसी अवस्थामै रहेकी बालिका छिनछिनमा बिउझिदा चिच्याँउछीन, छट्पटाउछीन । माघ २ गते काठमाडौं पुर्याइएकी बालिकालाइ आइतबार दिउँसो आइसीयुबाट जनरल वार्डमा सारीएको बालीकाकी आमाले बताइन । ‘छोरीलाइ आइसीयुबाट अर्को कोठामा सारेका छन । शरीरभरी घाउ छन । घरी घरी दुख्यो भनेर चिच्याउछे । अप्रेसन गरेपछि अब त बाच्छे की भन्ने लागेको छ’ उनले टेलिफोन कुराकानीमा भनिन ।
स्थानीय एक कक्षामा पढ्ने ५ बर्षिया ती बालिका माघ १ गते छिमेककै एक व्यक्तिबाट बलात्कारको सिकार भएकी हुन । बलात्कारमा संलग्न २८ बर्षे होमबहादुर बिकलाइ प्रहरीले सोही दिन पक्राउ गरेको छ । अभियुक्त कपिलबस्तुको बाणगंगा १२ घर भइ तिलोत्तमा स्थित हिरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्थे । पसलमा सामान किन्न गएकी बालिकालाइ बिकले चकलेट दिने भन्दै फकाएर झाडीमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रवीण पोखरेलले बताए ।
घटनाको दिन साँझ पाँच बजेतिर बालिका समान लिन गाँउकै पसलमा गएकी थिइन । पौने घण्टा सम्म छोरी नफर्के पछि आमाले खोजी गरीन । गाँउमा नभेटिएपछि आफन्तले झाडी तिर खोज्दै जाँदा बाँसको झाङ्गमा बालिका अर्धमुर्छित अवस्थामा भेटिइन । रगताम्मे भएकी बालिकाको योनाङ्ग,ओठ,आँखा,गाला,घाँटीमा डरलाग्दा चोट थिए । बालीकाका मामाका अनुसार छाती र घाँटीमा थिचेको जस्तो निशान थियो । बालिकालाइ तत्कालै भैरहवा स्थित मेडिकल कलेज लगेपनि त्यहाँबाट लुम्बिनी प्रादेसिक अस्पताल पठाइयो । लुम्बिनीले तत्कालै काठमाण्डौ रेफर गरीदियो ।
अहिले बालिका खतरा मुक्त रहेपनि स्वास्थ्य अवस्था गम्भिर नै रहेको अस्पतालका चिकित्सकलाइ उदृत रुपन्देहीका प्रहरी प्रमुख पोखरेलले बताए । ‘अप्रेसन पछि बालिीकाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी पाएका छौं’एसपि पोखरेलले भने । अभियुक्त बिकले बलात्कार पछि हत्या गर्ने मनसायले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ । नाबालिका बलात्कार र ज्यानै मार्ने सम्मको अपराध गर्ने अपराधीलाइ आजीवन काराबासको सजाय हुनु पर्ने माग परिवार र आफन्तले गरेका छन । बालिकाका आफन्त र गाँउलेले अभियुक्तलाइ कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा केही बेर धर्ना दिए ।
बलात्कारी होमबहादुरका गलत क्रियाकलापलाइ ढाकछोप गरी संरक्षण गरेको भन्दै स्थानीयले हिरालाल मल्लाहलाइ पनि कारबाहीको माग गरेका छन । होमबहादुरको चालचलन पहिले देखि नै ठिक नभएकाले गाँउमा नराख्न स्थनीयले गरेको आग्रहलाइ बेवास्ता गर्दा पाँच बर्षे बालिका जघन्य अपराधको सिकार भएको भन्दै गाँउलेले हिरालाललाइ कारबाहीको माग गरेका हुन । स्थानीयको दवाव पछि प्रहरीले हिरालाललाइ घटनाको तीन दिन पछि नियन्त्रणमा लिएको छ ।
बिकलाइ केही बर्ष देखि हिरालालले कामदारको रुपमा घरमा आश्रय दिएका थिए । स्थानीय स्कुलकी शिक्षिका सरस्वती भण्डारीका अनुसार अभियुक्त बिकले यस अघिपनि पटक पटक महिला,बालबालिकहरुलाइ जिस्काउने,संवेदनशिल अंगमा छुन खोज्ने, रक्सीको बहानामा अश्लिल शब्द बोल्ने क्रियाकलाप दोहोरयाएपछि गाँउमा नराख्न आग्रह गरेका थिए । तर हिरालालले उल्टै आफ्ना छोरी चेलीको सुरक्षा आफै गर भन्दै गाँउलेलाइ धम्काए । ‘घटना घटाएपछि पनि बिक हिरालालसंगै आगो तापेर बसेको थियो उसंग सोध्न खोज्दा आफना छोरीचेलीको सुरक्षा गर्न सक्दैनौ यसलाइ दोष दिन्छौ भनेर हिरालालले हामीलाइनै धम्काए’ बालिकाका मामाले भने ।
उपचारकालागि आर्थिक अभाव झेल्दै पिडीत परिवार
बलात्कारको सिकार भएकी पाँच बर्षे बालिका चार सन्तान मध्येकी साइली हुन । उनका दुइ दिदि र एक बहिनी छन । बाबुआमा एकबर्षकी छोरीलाइ काखमा च्यापेर चार दिन देखि टिचिङ अस्पतालको चक्कर काटिरहेका छन । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने दम्पत्तीको सम्पत्तीको नाममा एकतले घर छ । घटना लगत्तै छोरीलाइ उपचारकालागि काठमाण्डौ लैजादा आफन्त र छिमेकले क्रणधन गरेर दिएको पैसा सकिन लागेको बालिकाका बुवाले बताए । छोरीको पीरले बाबुआमा भोकभोकै बसेपनि पैसा सकिएपछि काखे नानीलाइ केले दुध किनेर खुवाउने भन्ने चिन्ता थपिएको उनीहरु संगै रहेका आफन्तले गुनासो गरे ।
(नागरिक अनलाइनबाट साभार)
प्रकाशित मिति : मंगलबार, माघ ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्