एजेन्सी – भारतको गुजरातमा ट्रकले किच्दा फुटपाथमा सुतेका १५ मजदुरको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सडक छेउ ‘फुटपाथ’मा सुतिरहेका २० मजदुरमाथि ट्रक कुद्दा १५ जनाको मृत्यु हो ।
सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाउँदा ट्रक फुटपाथमा गुडेको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जनाको सुरतको सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा थिए । घाइते ५ जनाको उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्