प्रधानमन्त्रीकोे असंवैधानिक कदम विरुद्ध कांग्रेस तिलोत्तमा वडा नं. ९ द्धारा विरोध प्रदर्शन

प्रधानमन्त्रीकोे असंवैधानिक कदम विरुद्ध कांग्रेस तिलोत्तमा वडा नं. ९ द्धारा विरोध प्रदर्शन

तिलोत्तमा -के पि शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध नेपाली कांग्रेस तिलोत्तमा वडा नं. ९ को वडा कार्यसमितिले आज मङ्गलापुर चोकमा विरोध प्रदर्शन गरेको छ। लुम्बिनी प्रदेश सांसद नेपाली कांग्रेसकी नेता रमा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अर्यालले प्रधानमन्त्री ओली सरकारको असंवैधानिक कार्यशैली, झुठा आश्वासन, बलत्कारीलाई संरक्षण जस्ता क्रियाकलापले जनता आजित भएको बताउनुभयो । साथै नेपाली कांग्रेस सदैव संविधानको पक्षमा रहेको र लोकतन्त्र गणतन्त्रलाई जोगाउन अग्रपंक्तिमा उभिने जिकिर गर्नुभयो । सोही अवसरमा नेपाली कांग्रेस तिलोत्तमा ९ वडा कार्यसमितिका कार्यवाहक सभापति नारायण न्यौपानेले के. पी. ओली सरकारले संविधानमा भएको व्यवस्था प्रतिकुल गरेको प्रतिनिधिसभा विघटन र जनभावना बिपरित कार्यको विरुद्ध नेपाली कांग्रेस रहेको जनाउनुभयो। हिजो सत्ता प्राप्तिका लागी उग्रराष्ट्रवादको नाराले जनतालाई भ्रमित गरेर दुई तिहाईको बहुमत ल्याई वाइडबडी काण्ड, सुन काण्ड, बलात्कारीलाई प्रसय, त्यस्तै पानीजहाज, घर घरमा ग्याँस पाइप जस्ता गफ हान्ने प्रवृत्तिले जनता वाक्क भईसकेको बताउनुभयो । चुनावका बेला सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने भनी वृद्ध बुवाआमालाई छलेर मत प्राप्त गरि अहिले उल्टै भुपु सैनिकहरुको भत्ता काटेको अवस्था छ । त्यस्तै कोभिडको विषम परिस्थितिमा पनि यो सरकारले व्यापक भष्ट्राचार गरेको छ भने नेपाली कांग्रेसले कोभिडको महामारीमा पनि ५० लाख सहयोग गरेको कार्यवाहक सभापति न्यौपानेले जनाउनुभयो। कार्यक्रमलाई तिलोत्तमा ९ का खेमेन्द्र रानाको स्वागत मन्तव्य र वडा कार्यसमिति सचिव कमल कडेँलले सन्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, माघ ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij