तिलोत्तमा उद्योग वाणिज्य संघमा नयामिल वितरण केन्द्रका प्रमुखलाई स्वागत

तिलोत्तमा उद्योग वाणिज्य संघमा नयामिल वितरण केन्द्रका प्रमुखलाई स्वागत

तिलोत्तमा- तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीमा आवद्ध उद्योगी ब्यवसायीहरुले विद्युत वितरण प्रणालीमा देखिएको समस्या समाधान गर्न माग गरेका छन् । विद्युत ट्रिपिङ र अघोषितरुपमा हुने लोडसेडिङ्का कारण उद्योगी–व्यवसायी समस्यामा परेको भन्दै यसमा सुधार गर्न उनीहरुले माग गरेका छन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघले आईतबार नेपाल विद्युत प्राधिकरण नयामिल वितरण केन्द्रका प्रमुख सन्जय कुमार मिश्रको सम्मानमा आयोजित स्वागत कार्यक्रममा सहभागि उद्योगी ब्यवसायीले नेपालमा लोडसेडिङ् हटेपनि बेलामा बेलामा हुने विद्युत अवरुद्ध र ट्रिपिङले एकातर्फ उत्पादनमा ह्रास आइ कच्चा पदार्थ खेरगइरहेको र अर्काेतर्फ उद्योगका मेशिनरी बिग्रन गई उद्योगले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै समस्या समाधान गर्न आग्र गरेका हुन् । उनीहरुले ट्रंक लाइन, नियमित मिटर रिडिङ् र लाइन गएको समयमा प्राधिकरणबाट सहि सूचना प्रवाह गर्न पनि उनीहरुले माग गरेका छन् ।
कार्यक्रममा बुटवलबाट हालै नयामिल वितरण केन्द्रमा सरुवा हुनुभएका केन्द्र प्रमुख सन्जय मिश्रले नेपालमा अब कसैले चाहेर पनि लोडसेडिङ् नहुने भन्दै विद्युतको अनियमितता प्राविधिक समस्या भएको बताउनु भयो । विद्युत प्राधिकरणको काम विद्युत वितरण मात्र नभएर उपभोक्तालाई सहज, शुलभ, गुणस्तरीय र सुरक्षित लाइन वितरण गर्ने दायित्व पनि भएको कार्यालय प्रमुख मिश्रले वताउनु भयो । विद्युत वितरण प्रणालीलाई सुदृढ नबनाएसम्म विद्युतमा देखिएका समस्या समाधान नहुने भन्दै उहांले आफ्नो क्षेत्रका ग्राहकको सन्तुष्टि र आईपर्ने समस्या समाधानका लागि जतिबेला पनि काममा खटिरहने प्रतिवद्धता जनाउनु भयो । ग्राहकका गुनासा तत्काल सम्बोधन गर्ने, सेवा अनियमित हुँदा ग्राहकले गरेका गु्नासालाई नकारात्मक रुपमा नलिई छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गर्ने कुरामा लाग्ने पनि उहांले प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी(माधव)ले विद्युत अनियमितताका समस्या समाधान गरी ग्राहकलाई नियमित विद्युत उपलब्ध गराउने काममा प्राधिकरण सधैं गम्भीर रहनुपर्ने बताउनु भयो । विद्युतकै समस्या लिएर प्राधिकरणमा उद्योगी ब्यवसायी डेलिगेशन आउने अवस्था नआवस् भन्दै अध्यक्ष भण्डारीले नयाँ उद्योगका लागि उद्योग बाणिज्य संघको शिफारिसका आधारमा उद्योगलाई आवश्यक पर्ने थ्री फेस लाईन र ट्रास्फर्मर जडान गरिदिन आग्रह गर्नुभयो ।
स्वागत कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, महासचिव कमल कँडेल, सदस्य राजकुमार पाण्डे, सल्लाहकार चन्द्रमान श्रेष्ठ, उद्योगी मधुसुदन घिमिरेलगायतले उद्योगीले विद्युत अनियमितताका कारण उद्योगी ब्यवसायीले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : सोमबार, माघ १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij