नेपालमा सुरु भयो कोरोना खोप अभियान

नेपालमा सुरु भयो कोरोना खोप अभियान

काठमाडौँ – देशभर कोभिड-१९ विरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित खोप शुभारम्भ समारोहमा प्रधानमन्त्री ओली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत सहभागी छन् । देशभरका ६६ वटा जिल्लाका करिब १२० खोप केन्द्रबाट खोप खोप लगाउन सुरु गरिएको छ ।

सरकारले पहिलो चरणमा कोभिड विरुद्व खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मी गरी गरी ४ लाख ३० हजार बढीलाई खोप लगाउँदैछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा लगाउन सुरु गरिएको हो ।

डा. राजभण्डारीले लगाए पहिलो खोप
नेपालमा कोभिड-१९ विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाएका छन् । उनीसँगै डा‍. अनुप बाँस्तोला र डा.रुना झाले पनि कोरोना खोप लगाएका छन् ।

खोप लगाएपछि खुसी लागेको डा. राजभण्डारीले बताए । यो इन्फ्लुएन्जा खोप जस्तै भएकाले डराउनु नपर्ने उनको भनाई थियो । सरुवा रोग नेपालको पहिलो कोभिड अस्पतालका रुपमा सञ्चालित थियो ।

प्रकाशित मिति : बुधबार, माघ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij