प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षकोे बुटवलमा आज विशाल सभा

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षकोे बुटवलमा आज विशाल सभा

कार्यक्रमलाई पार्टी अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने

बुुटवल-प्रतिनिधिसभा विघटनको विरोध तथा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले बुटवलमा आज विशाल सभाको आयोजना गरेको छ  । सो कार्यक्रमको तयारी पूरा भएको पार्टीले जनाएको छ ।
लुम्बिनी प्रदेश स्तरीय उक्त कार्यक्रम बुटवलको पुष्पलाल पार्कमा गर्ने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । प्रादेशिक अस्पतालले हालै खाली गराएको जग्गामा कार्यक्रम गरिने जनाइएको छ। सभा अगाडि चारैतिरबाट जुलुस निकाल्ने कार्यक्रम तय भएको छ ।

सभालाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने जनाइएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा आन्दोलन परिचालन समिति बनाइएको छ। कार्यक्रमलाई सफल बनाउन स्थायी समिति सदस्यहरू घनश्याम भुसाल, वर्षमान पुनलगायतका नेताहरू रूपन्देहीमै बसेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठोरले कुनै किसिमको द्वन्द्व हुन नदिनको लागि आवश्यकताअनुसार प्रहरी परिचालन गरिने बताए। उनले कार्यक्रमलाई नै केन्द्रित गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपीको नेतृत्वमा कार्यक्रम स्थल नजिकै करिब २ सय प्रहरी परिचालन गरिने बताए।
बुुटवलको पुष्पलाल पार्कमा हुने जनसभालाई सफल पार्न बुटवलको गोलपार्क, जितगढी र राजमार्ग चौराहाबाट बिहान ११ः४५ बजेदेखि विरोध ¥याली शुरु हुने जनाइएको छ। पाल्पा र बुटवलबाट सहभागी हुनेहरु बुटवलको गोलपार्कमा जम्मा हुने र जुलुसको नेतृत्व ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्ने भएका छन्।

त्यसैगरी, पश्चिम परासी, देवदह, ओमसतिया, रोहिणी, तिलोत्तमा र भैरहवा क्षेत्रकाव्यक्तिहरु राजमार्ग चौराहामा जम्मा हुने र जुलुसको नेतृत्व पार्टी स्थायी कमिटीका सदस्य घनश्याम भुसाल, घनश्याम यादव, नारायण जिसीले गर्ने भएका छन्।
बुटवल पश्चिम कपिलवस्तु, अर्घाखाँची, दाङ र तिनाउ पश्चिमका सहभागीहरु बुटवलको जितगढीमा जम्मा भई सोको नेतृत्व स्थायी कमिटीका सदस्य बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने भएका छन्।

प्रकाशित मिति : बिहिबार, माघ १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij