काठमाडौं – छिमेकी मुलुक चीनले नेपाललाई कोभिड–१९ विरुद्धको भ्याक्सिन अनुदान सहयोग दिने भएको छ । चीनले नेपाललाई ३ लाख डोजको कोभिड खोप अनुदान सहयोग गर्ने भएको हो ।
आइतबार नेपाली मिडियालाई प्रक्रिया दिँदै नेपालस्थिल चिनियाँ राजदूतावासका तृतीया सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपालीलाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।
चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन नेपाललाई दिन लागेको हो ।
सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी हुनुका साथै विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको चिनियाँ दूतावसको दाबी छ ।
उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ केरोड ४० लाख जनालाई खोप दिइसकेको दाबी चीन सरकारको छ ।
दूतावासका अनुसार खोपको ‘एफिकेसी’ ७९.३४ प्रतिशत रहेको, यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका १३ वटा राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ ।
यसअघि भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख खोप नेपाल आएको थियो ।
प्रकाशित मिति : सोमबार, माघ १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्