प्रदेश १ को सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज (आइतबार) दिउँसो २ बजे बस्दैछ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बस्न लागेको बैठकको कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले आइतबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर बैठक स्थगित भएको थियो ।
आइतबारको बैठकमा आफ्नो समूहले कारवाही गरेका १६ जना प्रदेश सभा सदस्यलाई प्रवेश दिएमा बैठक रोक्ने पक्षमा ओली समूह छ । तर मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूह आइतबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्नुपर्ने अडानमा छ ।
नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी कारवाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताए । कारवाहीमा परेका प्रदेशसभा सदस्य बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुननसक्ने उनले बताए । कारवाही गरिएका सदस्य बैठकमा उपस्थित भए सत्ता पक्षका सांसदले उठेर नियमापती गर्ने उनले बताए ।
प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो १६ जना प्रदेशसभा सदस्य कारवाहीको च्याप्टर क्लोज भइसकेको बताउँछन् । पहिलो बैठकमा प्रवेश गरेपछि कारवाहीको च्याप्टर क्लोज भएको बताउँदै उनले ओली पक्षको दाबी हास्यास्पद भएको बताए । कारवाहीको विषय झिकेर बैठक रोक्न नमिल्ने बताउँदै उनले आइतबार नै अविश्वाको प्रस्ताव बैठकमा टेबुल हुनुपर्ने बताए । ‘बैठकमा अविश्वासको प्रस्ताव टेवल गरिनुपर्छ,’ उनले भने ‘सरकारले संसदमा प्रश्तावको सामना गर्छ भन्ने विश्वास छ ।’
ओली समूहका प्रमुख सचेतक राजभण्डारीले १६ जना सांसद बैठकमा प्रवेश गर्न रोकिए मात्र संसदको गतिबिधि अघि बढाउनुपर्ने बताउँछन् । निलम्बन गरेका १६ जना बैठकमा प्रवेश गरे बैठक चल्न नसक्ने उनको दाबी छ ।
तेस्रो बैठक कहिले ?
प्रदेश १ का मुख्यमन्त्रीको विवाहका लागि भन्दै १७ दिन स्थगित भएको बैठकमा ओली समूह कडा रुपमा प्रस्तुत हुने संकेत देखाएको छ । १६ जना प्रदेशसभा सदस्यलाई प्रवेश गर्न नदिने अडानमा रहेको ओली समूहले ७ माघमा प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर बैठक स्थगित गर्ने सहमिति भएपछि १६ जनालाई प्रवेश नदिने अडानबाट पछि हटेको थियो ।
दोस्रो बैठकमा भने आफ्नो पूरानै अडान दोहोर्याएको ओली समूहले तेस्रो बैठक पार्टी विभाजनले औपचारिकता पाएपछि राख्नुपर्ने अडानमा छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा उभिने नेपाली कांग्रेसले संकेत दिएको छ । अविश्वासको प्रस्तावमा उभिने कांग्रेसको संकेतपछि प्रचण्ड–माधव समूह आइतबारकै बैठकमा अविश्वासको प्रस्ताव टेबुल गराएर छलफल गर्नुपर्ने पक्षमा छ । तर ओली समूह भने संसद् बैठक लम्ब्याउने पक्षमा छ ।
आइतबार १६ जनालाई प्रवेश दिइने बैठक रोक्ने र जारी अधिवेशनको तेस्रो बैठक पार्टी विभाजनले औपचारिकता पाएपछि हुनुपर्ने पक्षमा छन् । ‘कारवाहीमा परेका सांसदलाई संसदीय गतिबिधिमा सहभागि गराइए अवरो गर्छाै,’ ओली समूहका एक सांसदले भने, ‘अर्काे बैठक पार्टी विभाजनले औपचारिकता पाएपछि राख्न प्रस्ताव गर्छाैं ।’
गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा प्रचण्ड–माधव समूहका ३७ नेताले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका मध्ये पाँच जना हस्ताक्षर फिर्ता गर्दै ओली समूहमा लागेका छन् ।
प्रकाशित मिति : आइतबार, माघ २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्