बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या

बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या

काठमाडौँ – भारतको बिहारमा १२ वर्षीया नेपाली बालिकाको हत्या भएको छ । बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिकाका सुरेश (नाम परिवर्तन)को परिवार मजदुरीका लागि त्यहाँ गएको थियो । सात वर्षदेखि उनीहरू मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्थे । उनका अनुसार घटना २१ जनवरीमा भएको हो । त्यति बेला आफ्नी पत्नी नेपाल आएको र आफू काममा गएको समयमा छोरीमाथि बलात्कार भएको उनले बताए ।

उनका छोरा पनि त्यति बेला अरु कुनै काम परेर बजारमा गएका थिए । साँझ चार बजेतिर डेरामा फर्किन लागेका दाइलाई घरबेटी सियाराम साहले रोक्न खोजे । उनी नरोकिएर डेरामा पुग्दा बहिनी घाइते भएर लडिरहेको देखे । बहिनीको यस्तो हालत देखेपछि उनले बुवालाई खबर गरे ।

काम छोडेर उनी तत्काल डेरामा आए । ‘मेरी छोरी भुइँमा लडिरहेकी थिई । उसको घाँटीमा रातो दाग थियो । मैले उसलाई उपचार गर्न स्थानीय डाक्टरहरूकहाँ लगें तर कसैले उपचार गर्न मानेनन्,’ उनका बुवाले घटनाको १२ दिनपछि प्रहरीलाई दिएको निवेदनमा भनिएको छ ।

त्यसपछि आफ्नी छोरीको मृत्यु भएको सुरेशको भनाई छ । उनका अनुसार छोरीको मृत्यु भएपछि केही मानिसहरु त्यहाँ आएको र उनलाई ती बालिकाको शव जलाउन दबाब दिए । ‘शव नजलाए तिमीहरु दुवै जना (आफू र छोरा)लाई मारिदिन्छौँ र नेपालमा फालिदिन्छौँ भनेर धम्की दिए,’ सुरेशले भन्छन्, ‘त्यसपछि एउटा सादा कागजमा मेरो औंठाछाप लिइयो र हामीलाई राति १२ बजे नै नेपालतिर लखेटियो ।’

यो घटनाको अब १२ दिनपछि एफआइआर दर्ज भएको छ । प्रारम्भिक अनुसन्धान र केही दिनअघि लिक भएको एउटा अडिओले उक्त घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखले सघाएको खुलेको छ ।

त्यहाँका एसपी नवीनचन्द्र झाले बिबिसीको हिन्दी संस्करणलाई यसबारे भनेका छन्, ‘जुन अडियो अहिले भाइरल भएको छ, त्यसबाट स्पष्ट हुन्छ कि थानाध्यक्ष सन्जीव कुमार रन्जनले यो घटनामा लापरवाही गरेका छन्, कर्तव्यबाट उनी च्यूत भएका छन् । उनलाई अहिले निलम्बित गरिएको छ र उनीविरुद्ध पनि एफआइआर दर्ज गर्ने तयारी भएको छ ।’

उजुरीमा ११ जनालाई अभियुक्त बनाइएको छ । त्यसमध्ये पाँच जनालाई सामूहिक दुष्कर्म र हत्याको आरोप छ भने बाँकी सात जनालाई प्रमाण नष्ट गरेको अभियोग छ । २१ जनवरीमा त्यो ठाउँको चौकीका प्रहरी प्रमुख सन्जीव कुमार रन्जन र एक अभियुक्तबीच कुराकानी भएको छ । ‘उसको व्यवस्थापन गर्नु र ती बालिका जाडोका कारण मरेकी हुन् भन्ने लेख्नु,’ अडिओमा रन्जनले भनेका छन् । –बीबीसी हिन्दीबाट

प्रकाशित मिति : सोमबार, माघ २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij