बुटवल -फुलबारी बचत तथा ऋण सहकारी सस्थाले एक महिने निशुल्क तालीमको संचालन गरेको छ । सहकारीले आफ्नो सामाजीक उत्तरदायीत्व अन्तर्गत सिटिइभिटी लेभल १ को व्युटिसियन , कुक र टेलरीङ्ग तालीमको सचालन गरेको हो ।
देशमा बढ्दो युवा बेरोजगारीलाई कम गराउन साथै युवाहरुमा सिपको बिकास गराई आर्थिक उपार्जनमा जोड्न बचतको पनि बिकास गराउने उद्धेश्य राख्दै तालीमको आयोजना गरिएको सहकारीका व्यवस्थापक नारायण भुषालले बताउनु भयो ।
बुटवल लगायत आसपास क्षेत्रका झण्डै १५० जना युवा÷युवतिहरुको लागी आयोजना गरिएको तालिमको फुलबारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चन्द्रमणी भण्डारी र कोरीया नेपाल इन्ष्च्यिुट अफ टेक्नोलोजी तामनगरका प्रमुख अच्यूत राज तिमल्सीनाले एक कार्यक्रमका बिच तालीमको उद्घाटन गनुभयो । कारीया नेपाल इन्ष्टिच्युटको सहयोग र सहकारीको आयोजामा संचालन गरिएको तालीमबाट सिप सिकेका युवाहरुलाइ स्थानीय स्तरमा स्वरोजगारका कार्य गर्नको लागी सहकारीले सहुलीयत दरमा कर्जा प्रवाह गरिने सो अवसरमा सहकारीका सचिव रोशन पाण्डेले जानकारी दिनु भयो । कोरीया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रशिक्षक ध्रुब भुसालले तालिकको बारेमा सम्पूर्ण जनाकारी गराई प्रशिक्षार्थिहरुलाई लगनसील र अनुसासीतत भएर तालीमा सक्रीय सहभागी हुन अनुरोध गर्नुभयो ।
फूलबारी बचत तथा ऋण सहकारी संस्थाका शिक्षा उपसमिति संयोजक श्री मेघराज भण्डारीको स्वागत रहेको तालीमको समुद्घाट कार्यक्रमको संचालन सचिब रोशन पाण्डेले गर्नु भएको थियो ।
प्रकाशित मिति : सोमबार, माघ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्