काठमाडौं –नेपाली कांग्रेसले २ नं. प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको विरोध र गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई हटाई राजेश झालाई नियुक्त गरकोप्रति नेपाली कांग्रेसले विरोध र भर्त्सना गरेको हो ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको स्मरण गर्दै आज फेरि त्यही प्रवृत्ति दोहोर्याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै लगेको बताएका हुन् ।
यो कदम निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख छ ।
संसद विघटनपछि काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न नमिल्ने र नपाइने भएकाले यसप्रति कडा विरोध जनाउँदै नेपाली कांग्रेसले स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी पनि दिएको छ ।
आजै सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्