प्रदेशसभा बैठकमा अवरोध गर्ने ओली समूहकाे तयारी

प्रदेशसभा बैठकमा अवरोध गर्ने ओली समूहकाे तयारी

काठमाडौँ – प्रदेश १ को प्रदेश सभा बैठक बस्दैछ । सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा नेकपाकै प्रचण्ड-नेपाल समूहले दर्ता गराएको अविश्वास प्रस्तावबाहेक कुनै ‘बिजनेस’ छैन । सत्तापक्षले बैठक अवरुद्ध गर्दा अविश्वास प्रस्ताव सभामा पेस हुन सकेको छैन । यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो ।

तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए । आजको बैठ अवरोध गर्ने र अविश्वास प्रस्ताव पेस गर्न नदिने रणनीतिमा ओली समूह रहेको बुसझएको छ । औपचारिक रूपमा पार्टी विभाजन नहुञ्जेल प्रदेशसभा बैठक बस्न नदिने ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दोहोर्‍याए ।

ओली समूहले बैठक अवरुद्ध गर्ने बताइरहँदा प्रचण्ड-नेपालसमूहले बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्नुपर्ने बताएको छ । अविश्वास प्रस्ताव तत्काल प्रक्रियामा लगेर टुंग्याउनु उचित हुने उक्त समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले बताए । अविश्वासको प्रस्ताव दर्ता भएदेखि नै सत्तापक्ष प्रदेशसभाको बैठक लम्ब्याउने खेलमा लागेको उनको आरोप छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij