भारतमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई आजदेखि खोप लगाइँदै

भारतमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई आजदेखि खोप लगाइँदै

काठमाण्डाै – भारतमा आजदेखि ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।

आजदेखि देशभर सुरु हुने दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप  लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिलो चरणको खोप अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएकामा अब दोस्रो चरणदेखि निजी अस्पतालमा पनि खोप लगाउन पाइने खबरमा उल्लेख छ । तर, निजी अस्पतलामा लगाइएको कोरोनाविरुद्धको खोपका लागि भने नागरिक आफैँले शुल्क तिर्नु पर्नेछ ।

यसका लागि एक डोजका लागि नागरिकले २५० भारतीय रुपैयाँ तिर्नु पर्नेछ । भारतका १० हजार सरकारी अस्पतालमा भने कोरोनाविरुद्धको खोप नि:शुल्क लगाउन पाइनेछ ।

आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानमा ६०  वर्षमाथिका झण्डै १० करोड नागरिकलाई खोप दिने तयारी छ । भारतले आउँदो जुलाई महिनासम्ममा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।

भारतमा गएको जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान सुरु भएको थियो ।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij