चितवन – पूर्वी नवलपरासीको देवचुली२ दुम्कौली चोकमा दुईवटा ट्रक एक आपामा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
पूर्वबाट जाँदै गरेको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएर चालक मकवानपुरका ३४ वर्षीय रामकुमार न्यौपाने र कास्कीका ५१ वर्षीय खिमबहादुर बिकको ज्यान गएको रजहर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा दुवै ट्रकका सहचालक घाईते भएका छन् । मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्